गजुरीबाट साढे २७ किलो चरेशसहित एक युवा पक्राउ : कालो झोला फालेर २ जना फरार !

गजुरीबाट साढे २७ किलो चरेशसहित एक युवा पक्राउ : कालो झोला फालेर २ जना फरार !

धादिङ, १८ फागुन । धादिङको इलाका प्रहरी कार्यालय गजुरीले २७ किलो चार सय ग्राम चरेशसहित १ जना शंकाष्पद व्यक्तिलाई पक्राउ गरेको छ ।

गजुरी गाउँपालिका वडा नं. ५ घाटबेशी स्थित पृथ्बी राजमार्ग छेउमा लागु औषध चरेश खरिद बिक्रि, ओसार पसार एवं कारोवार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरी निरिक्षक भोजराज पाण्डेयको कमाण्डमा खटिएको टोलीले घाटवेशी बजारबाट विहान साढे ७ बजे उनलाई पक्राउ गरेको हो ।


कालो झोला बोकेर हिँडिरहेका तीन युवालाई सोधपुछ गर्न थालेपछि झोला फालेर उनीहरु भागेका थिए । भागेका तीन जनामध्ये गजुरी गाउँपालिका वडा नम्बर ४ घर भएका २३ वर्षिय राजकुमार चेपाङलाई प्रहरीले पक्राउ गरेको छ । अन्य तीन जना भने फरार रहेका छन् ।

प्रहरीले झोलामा पहेँलो टेपले बाहिरको भाग बेरिएको अवस्थामा २७ किलो ४ सय ग्राम चरेश फेला पारेको हो । पक्राउ परेका चेपाङलाई जिल्ला अदालत धादिङबाट ५ दिने म्याद थपेर ल्याइएको छ ।

Trending News