विप्लव समुह र सरकारबीच तीन बुँदे सहमति : भोली सार्वजनिक गर्ने तयारी !

विप्लव समुह र सरकारबीच तीन बुँदे सहमति : भोली सार्वजनिक गर्ने तयारी !

काठमाडौं, २० फागुन । सरकार र विप्लव समूहबीच तेस्रो चरणको वार्ता बिहीबार बिहानैदेखि सुरु भएको छ । बुधबार बिहान र बेलुकी दुई चरणको वार्ता भएपछि तेस्रो पटक आज दुईपक्ष संवादमा जुटेका हुन् । स्रोतका अनुसार दुई पक्षबीच तीन बुँदे सहमति भएको छ ।


प्रतिबन्ध फुकुवा र जेलमा रहेका नेता, कार्यकर्ताको रिहाइ गर्न सरकारले सकारात्मक रहेको बुधबारै बताइसकेको छ ।


दुई समुहबीचको सहमतिको बुँदा भने भोली पत्रकार सम्मेलन गरेर दुवै पक्षले एकैसाथ सार्वजनिक गरिने स्रोतले जनाएके छ ।

आज भएको वार्तामा गृहमन्त्री राम बहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार राजन भट्टराई उपस्थित छन् ।

त्यस्तै भूमिगत नेपाल कम्युनिस्ट पार्टी नेकपाका तर्फबाट प्रकाण्ड र उदय बहादुर चलाउने दिपक छन् । उनीहरुबीच सहमति भैसकेकेको स्रोतले बताएको छ ।

Trending News