काठमाडौं आउँदा आउँदै नेकपा महासचिव विप्लवले कसलाई भेटे ?

काठमाडौं आउँदा आउँदै नेकपा महासचिव विप्लवले कसलाई भेटे ?

काठमाडौं, २१ फागुन । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव आज काठमाडौं आउँदै छन् ।

प्रधानमन्त्री केपी ओलीसँगै एकै मञ्चमा भाषण गर्न उनी काठमाडौं आउँछन् । २ वर्षअघि देखि भूमिगत रहेका उनी आजै सार्वजनिक हुने कार्यक्रम छ । तर, काठमाडौं आउँदै गरेका उनको तस्विर भने सार्वजनिक भएको छ ।

काठमाडौं आउँदै गरेका उनी नवलपुरस्थित एक शहिद परिवारलाई भेट्न पुगेका छन् । उनले काठमाडौं आउने क्रममा जनयुद्धको क्रममा शहिद भएकी फुलमाया शार ‘रमाको परिवारलाई भेटेका हुन् । सहिद रमाको परिवारले विप्लवलाई क्रान्ति सफलताको कामना गरेका थिए ।


२०५९ साल जेठ १९ गते गुल्मिको वामिटक्सारस्थित प्रहरी चौकीमाथि सफल आक्रमणमा फुलमायाको मृत्यु भएको थियो ।


यसअघि हिजो विहिबार बसेका मन्त्रिपरिषद बैठकले विप्लव समुहमाथिको प्रतिबन्ध हटाएको थियो ।

सरकार र विप्लव समुहबीच ३ बुँदे सहमति भएको छ ।

Trending News