गृहमन्त्री र प्रधानमन्त्रीलाई साक्षी राखेर विप्लवले भने,‘नेपालमा कोही पनि सुरक्षित छैन’

गृहमन्त्री र प्रधानमन्त्रीलाई साक्षी राखेर विप्लवले भने,‘नेपालमा कोही पनि सुरक्षित छैन’

काठमाडौं, २१ फागुन । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा कोही पनि सुरक्षित नभएको बताएका छन् ।


प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एकै मञ्चमा देखिएका उनले यस्तो बताएका हुन् ।


‘नेपालमा कोही पनि सुरक्षित छैन । आज पनि उत्पीडित समुदाय खुसी छैन । हामीले जहाँ जहाँ असहमति भयो त्यहाँ हामीले राख्यौँ,’ उनले भने,‘हामीले विद्रोह गर्यौँ । हामी अगाडी बढेकै हौँ । नेपालमा अहिले कसैले पनि सुरक्षित अनुभूति गर्न सक्ने अवस्था छैन । सबै नेता र जनतालाई आफ्नै जीवनमाथि आफै हावी भएको र आफैले नेतृत्व गरिरहेको अवस्था छैन ।’

Trending News