प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

दियोपोस्ट संवाददाता

काठमाडौं, २५ फागुन । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र साविककै हालतमा ब्युँताइदिएपछि माओवादी केन्द्र नेपालले पहिलो पटक स्थायी समितिको बैठक डाकेको छ ।


सोमबार दिउँसो पेरिसडाँडामा बोलाइएको बैठकले सत्ता समिकरण र प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय गर्नेछ ।

माओवादी केन्द्रका नेताका अनुसार सोमबार दिउँसो स्थायी समितिको बैठक बस्न लागेको हो ।

सम्बन्धित खबर