जसपाका नेतालाई प्रचण्डले भने,‘नयाँ सरकार गठनका लागि एकै ठाउँमा उभिऔँ’

दियोपोस्ट संवाददाता

काठमाडौं, २६ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका नेताहरुलाई एकै ठाउँमा उभिन आग्रह गरेका छन् ।


माओवादी मुख्यालय पेरिसडाँडामा जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुसँग छलफल भएको थियो ।

भेटमा नयाँ सरकार गठनका विषयमा छलफल भएको एक नेताले जनाए । माओवादी अध्यक्ष दाहालले जसपासहितका दल एक ठाउँमा उभिन आग्रह गरेको ती नेताको भनाई छ ।


भेटमा जसपा नेताहरुले संविधान संशोधन, रेशम चौधरीको रिहाई लगायतका विषयमा प्रच्ण्डको धारणा मागेका थिए । उनीहरुले अब उधारोमा सहमति नहुने बताउँदै आएका छन् ।

सम्बन्धित खबर