
काठमाडौं, २६ फागुन । सम्राट सिमेन्ट उद्योगले गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर चिन्ह र ईजाजत नै नलिई बजारमा विक्री वितरण गर्दै आएको खुलाशा भएको छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागले सम्राट सिमेन्टलाई गुणस्तर ईजाजत नै नलिई विक्री वितरण गरेको भन्दै कारबाही गरेको छ ।
दाङको सतबरियामा रहेको उक्त उद्योगले देशभर सिमेन्ट विक्री वितरण गर्दै आएको छ ।

विभागको अनुगमनका क्रममा उक्त उद्योगबाट उत्पादित ५३ ग्रेड (एनएस ५७२) उल्लेखित करीब १०० बोरा ओपीसी सिमेन्ट पीआरए गजदम्बा इन्टरप्राइज बाफल काठमाडौंमा बिक्री वितरणका लागि राखेको फेला परेको थियो ।

५३ ग्रेड (एनएस ५७२) मा नेपाल गुणस्तर प्रमाण चिन्ह नै नपाएको भएपनि चिन्ह राखेर बिक्रि गरेकोले कारबाही गरेको विभागले जनाएको छ ।
व्यापारी मुकुन्द तिमिल्सिना मालिक रहेको सम्राट सिमेन्टले विद्युत प्राधिकरणलाई करोडौं रुपैयाँ विद्युत महशुल समेत तिरेको छैन ।