माओवादी केन्द्रको ४ बुँदे निर्णय : ओली समुहमा लागेका सांसदलाई २४ घण्टे स्पष्टिकरण !

दियोपोस्ट संवाददाता

काठमाडौं, २९ फागुन । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठलकले चार बुँदे निर्णय गरेको छ । पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदमा प्रतिनिधित्व गर्ने माओवादी केन्द्रका पूर्व नेताहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।


नेकपा एमालेको कमिटिमा राखिएका संघीय तथा प्रदेश सभा सांसदहरुलाई २४ घण्टा भित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने भएको छ ।


त्यस्तै बैठकले आगामी चैत्र २ गते बोलाइएको कार्यकर्ता भेला स्थगित गरेको छ । अर्को सुचना जारी नभएसम्म स्थगित गरिएको छ ।

यद्धपी १ गते बोलाइएको केन्द्रीय समितिको बैठक भने स्थगित भएको छैन ।

सम्बन्धित खबर