
काठमाडौं, २ चैत्र । अस्पताल खोल्ने उद्देश्य राखेको कम्पनिले मदिराको व्यापार गर्न पाउँदैन । अस्पतालले विरामीको उपचार गर्नैपर्छ । यातयात सम्बन्धीत कम्पनिले यातयातकै काम गर्नुपर्ने हो । तर, नेपालको एउटा सरकारी निकायले भने यातयात पूर्वाधारको लागि खुलेको कम्पनिलाई एकाएक कोरोना भाइरस जस्तो संवेदनशिल विषयको परिक्षण गर्ने ल्याब खोल्ने अनुमति दिएको पाइएको छ ।
स्वास्थ्य मन्त्रालय अन्तर्गत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यातयात कम्पनिलाई कोरोना भाइरस परिक्षण गर्ने ल्याब खोल्ने अनुमति दिएको खुलाशा भएको छ ।
ललितपुरको युएनपार्क नजिकै रहेको बिध ल्याब सञ्चालन गर्ने बिध म्यानेजमेन्ट प्रा.ली शुरुमा यातयात पूर्वाधार अध्ययनका लागि खोलिएको कम्पनि रहेको खुलेको हो ।
कम्पनि रजिष्टार कार्यालयबाट दियोपोस्टले फेला पारेको कागजात अनुसार यो कम्पनि स्वास्थ्य सामग्री खरिद र ल्याबसम्बन्धी अनुभव नै नभएको पाइएको हो ।
विकास समिति ऐन अन्तर्गत सञ्चालन भएको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको शाखा ग्रामीण विकास प्रशिक्षण केन्द्र, झापामा पहुँचका भरमा २०७३ साल असोज १९ गते नासु तहमा नियुक्त भएका भिमकान्त भण्डारी विध ल्याबका सञ्चालक हुन् ।
भण्डारीले आरडीटी किट बेच्ने र पीसीआर परिक्षणको ल्याब चलाउने कम्पनी बिध म्यानेजमेन्ट प्रा.ली हो । जुन कम्पनी शुरुमा कोरोनासँग सम्बन्धित ल्याब सञ्चालनका लागि खोलिएको होइन । कम्पनी रजिष्टार कार्यालयमा यस कम्पनिले पेश गरेको प्रबन्ध पत्र अनुसार यो कम्पनी शुरुमा यातयात पुर्वाधार मुल्यांकन लगायतका उद्देश्य राखेर स्थापना गरिएको थियो ।
२३ जेठ २०७६ मा आफ्ना भाइ विवश भण्डारी र ध्रुव मैनालीको नाममा उक्त कम्पनिको कुल २५ हजार थान शेयर रहेको देखिन्छ । शुरुमा २५ लाख अधिकृत पुँजी राखेर शुरु गरिएको यो कम्पनिले १० लाख रुपैयाँको चुक्ता पुँजी देखाएको छ । जग्गा दलाल मैनालीको नाममा दर्ता गराएको कम्पनीको स्वामित्व भिमकान्तले आफ्नो नाममा ल्याएका थिए । उक्त शेयर उनले कसरी आफ्नो नाममा हत्याए भन्ने कुनै विवरण भने छैन ।
कम्पनि रजिष्टार कार्यालयको विवरण अनुसार उनले १० हजार थान शेयर लिएर आफ्नो नाममा कम्पनि नै सारेका छन् । त्यस्तै कम्पनिको १० हजार थान शेयर भने दिपेश न्यौपानेको नाममा नामसारी गरिएको छ ।

आश्चर्य त के छ भने कम्पनि अध्यावधिक तथा शेयर लगत राखि पाउँ भन्दै भण्डारीले दिएको निवेदनमा मिति समेत पुरा उल्लेख छैन । कम्पनिको पुँजी समेत घटाइएको छ ।
तत्कालिन उर्जामन्त्री वर्षमान पुनको सचिवालयमा रहेकै बखत उनले कोरोना भाइरस रोकथाम र नियन्त्रणका सामग्री खरिद प्रकृयामा संलग्न भएको ओम्नी ग्रुप बाहिरिएलगत्तै अप्रत्यासित रुपमा सार्वजनिक भएको विध ल्याबको लगानी शंकाष्पद देखिएको छ ।
उच्च स्रोतका अनुसार उर्जामन्त्री वर्षमान पुनसँग विदेश समेत सयर गर्ने भण्डारीलाई उच्च तहकै नेताले लगानी गरिदिएको हो ।
स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाले १९ वैशाख २०७७ मा बिध सँग शुरुमै रु ५ करोड ६५ लाख २५ हजार मूल्य बराबरको आरडीटी किट खरिदका लागि जिम्मा दिएको थियो ।
अर्को अनौठो यातयात सम्बन्धी कम्पनिलाई स्वास्थ्य विभाग अन्तर्गत रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कसरी ल्याबको अनुमति दियो । स्रोत भन्छ्,‘प्रयोगशालाका उच्च अधिकारीलाई आर्थिक प्रभावमा पारेर यस्तो गैरकानुनी अनुमति दिइएको हो ।’
बिध म्यानेजमेन्ट प्रालिले ३० जेठ २०७७ मा विभागको आपूर्ति व्यवस्थापन शाखाबाट थप रु.९ करोड ४५ लाख मूल्यको आरडीटी किट खरीद गर्ने ठेक्का पायो । यो कम्पनि ठेक्काट्टाको लागि पनि खोलिइएको थिएन ।

आरडीटी किट खरीद गर्न ३ असार २०७७ मा अर्को सम्झौता हुँदा बिधले रु.७ करोड ७५ लाख ३६ हजार ५६० को ठेक्का पायो । यसरी बिधले आरडीटी किट खरीद गर्न तीन महिनाको बीचमा स्वास्थ्य सेवा विभागबाट कुल रु.२२ करोड ८५ लाख ६१ हजार ५६० को ठेक्का पायो ।
कम्पनि रजिष्टार कार्यालयमा २० लाख रुपैयाँ अधिकृत पुँजी भएको यो कम्पनिलाई स्वास्थ्य विभागले कसरी २५ करोड हाराहारीको ठेक्का दिनु नै सन्देहाष्पद छ ।