नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहको जिम्मेवारी खोसियो !

दियो पोस्ट  

काठमाडौं, २ चैत्र । राजधानीको नर्भिक अस्पतालका कार्यकारी निर्देशक हुन् राजेन्द्र बहादुर सिंह कामकाज बिहिन बनेका छन् । नेपाल प्रहरीका पूर्व एआइजी समेत रहेका सिंह विगत १० वर्षदेखि नर्भिक अस्पतालमा कार्यरत छन् ।

तर, पछिल्लो समय नर्भिक अस्पतालको प्रशासनमा उनले जिम्मेवारी सम्हाल्न असफल भएपछि अस्पताल व्यवस्थापनले सिंहलाई कामकाज विहिन बनाएको स्रोतले जनाएको छ ।


नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीले सिंहको अधिकार खोसेर चौधरीकी पुत्री तथा नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीलाई दिएका छन् ।


‘अहिले सिंह सापले २ लिटर पेट्रोलको बिलमा हस्ताक्षर गर्ने अधिकार समेत दिइएको छैन,’ नर्भिकमा कार्यरत सुरक्षा तर्फका एक कर्मचारीले भने,‘उहाँले हामीलाई निर्देशन दिने काम पनि गर्न छाड्नु भयो । अहिले अफिस त आउनुहुन्छ तर, केही काम गर्नुहुन्न । दिन क्वार्टरमा बसेर बेलुका जानुहुन्छ ।’


स्रोतका अनुसार कामकाज विहिन बनेका कार्यकारी निर्देशक सिंहले नर्भिकबाट राजिनामा समेत दिइसकेका छन् । यद्धपी राजिनामा भने स्विकृत नभएको विशेष स्रोतले जानकारी दिएको छ ।

कामकाज विहिन बनेका सिंह र ट्रमा सेन्टरका कामचोर डाक्टर विप्लव सापकोटाबीच खुवै दोस्ती बढेको स्रोत बताउँछ । सापकोटा तिनै डाक्टर हुन् जो वीर अस्पतालको तलब खाएर नर्भिक अस्पतालमा ड्युटी गर्छन् ।

सिफारिस