यति समुहको लगानीमा मुख्यमन्त्री शेरधन राईलाई हेलिकोप्टरमा ससुराली शयर !

दियो पोस्ट  

काठमाडौं, ३ चैत्र । प्रधानमन्त्री केपी ओलीसँग जोडिएर सँधै चर्चामा आउने समुह हो – यति र ओम्नी । पूर्व राजा विरेन्द्र शाहको सम्पत्तिमा एकलौटी रजाईं गर्ने भाग्यमानि यति समुहले दरबारमार्गमा एउटा भव्य महल नै ठड्याएको छ ।

पूर्व राजा विरेन्द्रको परिवारको स्वामित्व रहेको उक्त जग्गा यति समुहले कौडीको भाउमा ३० वर्षसम्म भाडामा पाएको छ । सोही जग्गामा बनेको भवनमा राखिएको स्क्रिनमा केही महिना अघि ओली समुहले गरेको आम सभाको लाईभ प्रचार गरिएको थियो ।


प्रधानमन्त्रीकै जोडबलमा संरक्षित यति समुहले पछिल्लो समय प्रदेश एकका मुख्य मन्त्री शेरधन राईलाई हेलिकोप्टरमा ससुराली शयर गराएको छ । मुख्यमन्त्री राई पत्नि जाङ्मु शेर्पालाई लिएर अल्टिच्युड एयरको हेलिकोप्टरबाट ससुराली गएका हुन् ।


‘मैले भर्खरै आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्यो’, शेरधनकी श्रीमती जाङ्मुले सञ्जालमार्फत भनेकी छिन्, ‘म त जन्मिएको मात्रै, मेरो गाउँ अति नै सुन्दर रहेछ !’


काठमाडौंको विमानस्थलबाट संखुवासभा उडेका शेरधन दम्पत्तिलाई हेलिकोप्टरसम्मै पुर्याउन यति समुहको लगानी रहेको अल्टिच्युड एयरका सञ्चालक मिङमा शेर्पा पुगेका थिए । उनले शेरधन सम्पत्तिसँगै तस्विर समेत खिचेका छन् ।


शेरधन दम्पत्तिले अल्टिच्युड एयरलाई कति रकम तिरेर संखुवासभा हेलिकोप्टरमै शयर गरे ? भन्ने दियोपोस्टको प्रश्नमा अल्टिच्युड एयरकै एक सञ्चालकले भने,‘उहाँलाई हामीले सहयोग गरेका हौँ । पैसाको कुरै भएन ।’

सिफारिस