
काठमाडौं, ४ चैत्र । नेकपा एमालेको झलनाथ खनाल, र माधव नेपालसहितका बरिष्ठ नेताहरुको समुहले आज बुधबारदेखि ललितपुरको हेरिटेज गार्डेन रिसोर्टमा कार्यकर्ता भेला आयोजना गरेको छ । उक्त कार्यकर्ता भेलाको अघिल्लो दिन एमालेकै महासचिव ईश्वर पोखरेलले भेला आधिकारिक नभएको र भेलामा गए कारबाही गर्ने धम्की दिए ।
उनै ईश्वर पोखरेललाई प्रचार विभाग प्रमुख समेत रहेका योगेश भट्टराई ‘छुलिया ग्याङको संज्ञादिएका छन् ।
‘छुलिया ग्याङको कुप्रचारको भ्रममा नपर्नुहोला । नेकपा एमालेको आज र भोलीको राष्ट्रिय भेला तोकिएको समय र स्थानमा हुनेछ,’ भट्टराईले सामाजिक सञ्जालमै भनेका छन् ।