धादिङको सल्यान्टारमा जिउँदै महिलालाई डोजरले पुरेर हत्या गर्ने डोजर चालक यी हुन् !

दियो पोस्ट  

काठमाडौं, ६ चैत्र । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यान्टारमा घाईते महिलालाई पुरेर हत्या गर्ने स्क्याभेटर चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भीमबहादुर बुढाथोकी रहेका छन् । उनलाई कञ्चनपुरस्थित नेपाल–भारत सीमा क्षेत्रको गड्डाचौकीबाट भारत तर्फ भाग्दै गर्दा उनलाई सिआइबीले पक्राउ गरेको हो ।

उनी घटनापछि भारतको हरिद्वार क्षेत्रमा लुकेर बसेको पाइएको छ ।

गएको फागुन तेस्रो साता सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले घाँस बोकेर घरतर्फ फर्कँदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई स्क्याभेटरले ठक्कर दिएर घाइते बनाइएको थियो । घाइते उनलाई स्क्याभेटर चालकले जिवित पुरेका थिए ।

सिफारिस