एमाले निकट युवा संघ फुट्यो : नरेश शाहीको नेतृत्वमा समानान्तर कमिटि !

दियोपोस्ट संवाददाता

काठमाडौं, ८ चैत्र । नेकपा एमाले निकट युवा संघ नेपाल अन्ततः २ टुक्रा भएको छ । प्रधानमन्त्री केपी ओली समुह र बरिष्ठ नेता माधव कुमार नेपाल समुहबीच विभाजन आएको हो ।


नेपाल समुहले शनिबार राजधानीको राष्ट्रिय सभागृहमा राष्ट्रिय कार्यकर्ता भेला गर्दै समानान्तर कमिटि गठन गरेको छ । नवगठित युवा संघका अध्यक्षमा नरेश शाही चयन भएका छन् । बरिष्ठ उपाध्यक्ष क्रान्ति बुर्लाकोटी चयन भएकी छिन् ।

उपाध्यक्षकम नितेश पौडेल, महासचिवमा दिपक जिएम, सचिवमा रोशन थापा, दिनेश आचार्य, सञ्जिव राई र कोषाध्यक्षमा दिपक दुवाडी चयन भएका छन् ।


भेलाको उद्घाटन बरिष्ठ नेता माधव नेपालले गरेका थिए ।


यता एमाले युवा संघका अर्का अध्यक्ष रमेश पौडेलले आफूलाई युवा संघ एकताबद्ध बनाउन विभिन्न सुझाव आइरहेकाले टुटफुट विरुद्ध उभिएर एकतामा समाहित हुन अपिल गरेका छन् ।

सम्बन्धित खबर