ग्राहकमाथि क्लासिक टेकको ठगी : भन्छन्, ‘सर्भिस छैन, नेट चल्दैन तर पैसा मात्रै असुलियो’

दियो पोस्ट  

काठमाडौं, ८ चैत्र । ‘छोयो की चल्यो’ भन्दै चर्को नारासहित सञ्चालित ईन्टरनेट सेवा प्रदायक कम्पनि क्लासिक टेकले ग्राहकमाथि चरम ठगी गरेको पाइएको छ । उक्त कम्पनिले ठगी गरेको भन्दै केही ग्राहकले दियोपोस्टलाई सम्पर्क गरेर विवरण उपलब्ध गराएका छन् ।


कलंकी घर भएका एक ग्राहकले उक्त गुनासो गरेका हुन् । ‘क्लासिक टेक ईन्टरनेटले सर्भिस दिँदैन तर विज्ञापन चाहीँ धेरै गरेको छ । चल्ने भन्दा नचल्ने दिन धेरै भयो । ईन्टरनेटमा भन्दा कम्प्लेनमा धेरै पैसा गयो । दिक्क भएपछि पैसा फिर्ता माग्दा समेत दिएनन्,’ क्लासिक टेकबाट पीडित बनेका ग्राहक यो गुज्रेको नेट चलाउनु भनेकोसिधै माछो जालमा फसे जस्तै हो । तपाईं हाम्रो पसिनाको कमाई सित्तैमा असल्दै छ ।’


उनका अनुसार गत फेब्रुअरी १६ मा उनको ईन्टरनेट बन्द भएको छ । ६ महिना प्याकेज भन्दै क्लासिक टेकले उनीबाट १२ हजार रुपैयाँ असुल्यो । ३ महिनामा आफूले ८० पटक त कम्प्लेन नै गरेको उनले बताए ।

‘३ महिनामा ८० पटक त कम्प्लेन गरियो । १० पटकसम्म त पोल ढल्यो भन्ने बहाना बनाइयो । केहीदिन सर्भर डाउन भयो भनियो,’ पीडित सोमको गुनासो छ,‘शुरुमा जोड्ने बेलामा नेट चलेन भने पैसा रिफन्ड हुन्छ भन्थे । अहिले रिफन्ड गरिदेउ भन्दा अर्कोले नजोडेसम्म पैसा फिर्ता पाउँदैन भनेर रोकिराखेको छ ।’


अर्का एक ग्राकहले पनि ठीक त्यस्तै समस्या झेलिरहेको बताए । केही महिनाअघि क्लासिक टेकका ग्राहक बनेका गौरभ पराजुलीले आफूलाई पनि उक्त कम्पनिले अन्याय गरेको बताए ।


‘यो नेट राम्रो छैन । यो नेट नजोड्दा पनि हुन्छ । यसमा पैसा मात्रै लुट्ने कार्य हुन्छ । सस्तो भनेर कनेक्ट गराउँछ अन्तिममा स्पिड केही हुन्न सभिृस त झन झँदै छैन ।’


सन् २०१० देखि सञ्चालनमा आएको क्लासिक टेक ७२ जिल्लामा शाखा रहेको दाबी गर्छ । उक्त कम्पनिका सिइओ तथा प्रबन्ध निर्देशक प्रमेश खरेलले काठमान्डु पोस्टमा दिएको अन्तर्वार्ता अनुसार क्लासिक टेकमा ११ सय जना कर्मचारी छन् । तर, त्यतिका कर्मचारी भएपनि ग्राहकको फोन समेत नउठाएर समस्या र गुनासोबाट भाग्ने गरेको ग्राहकहरु बताउँछन् ।

प्रतिक्रियाका लागि कम्पनिका मार्केटिङ अफिसर कमलेश उपाध्यायको नम्बर ९८०१९७०५२० मा पटक पटक फोन गर्दा पनि उनले फोन उठाएनन् ।

सिफारिस