ग्लोबल आईएमई बैंकले भवन बनाउन राखेको सिंहदरबार पूर्विगेट अगाडीको जग्गा लिलाम !

दियो पोस्ट  

काठमाडौं, ९ चैत्र । राजधानीको सिंहदरबार पुर्वीगेट अगाडी हाल मण्डला थिएटर रहेको करिब ३ रोपनी जग्गा लिलाम विक्री हुने भएको छ ।


तत्कालिन जनता बैंकले बैंकको केन्द्रीय कार्यालय भवन निर्माणका लागि भन्दै अगटेर राखेको उक्त जग्गा हाल ग्लोबल आइएमई बैंकले विक्री गर्न लागेको हो ।


ग्लोबल आईएमई बैंकले आफ्नो कार्यालय भवन निर्माणस्थल भन्दै बोर्ड टाँगेर राखेको उक्त जग्गा लिलाम गर्ने सुचना प्रकाशन गरेको छ ।


प्रकाशित सुचना अनुसार अनुसार उक्त जग्गाको क्षेत्रफल १५२७.०८ वर्ग किलोमिटर अर्थात ३ रोपनी रहेको छ ।

फागुन ६ गते विक्रीका लागि लिलाम सुचना निकालिएको भएपनि हालसम्म कसैले प्रस्ताव नगरेपछि दोस्रो पटक सुचना निकाल्नु परेको हो ।

सिफारिस