एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली सर्ने

दियो पोस्ट  

काठमाडौं, १० चैत्र । सत्तारूढ दल नेपाल कम्युनिष्ट्र(नेकपा) एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली सर्ने भएको छ।

२०७२ साल साउन २३ गतेदेखि धुम्बाराहीस्थित पासाङल्यामू स्मृति प्रतिष्ठानमा केन्द्रीय कार्यालय रहेको एमाले मुख्यालय अब थापाथली हाइटस्थित उमंगमार्गमा सर्न लागेको हो।

दोस्रो चरणको चक्रपथ विस्तारको कारणले धुम्बाराहीमा आउन जान असहज हुने भएकाले थापाथलीमा पार्टीको केन्द्रीय कार्यालय सार्न लागिएको स्रोतले जनाएको छ ।

सिफारिस