सरकारसँग सहमति भएको एक महिना नवित्दै पक्राउ परे विप्लव समुहका ताप्लेजुङ जिल्ला सदस्य

दियोपोस्ट संवाददाता

ताप्लेजुङ, १३ चैत्र । विप्लव समुहसँगको वार्ता भएको एक महिना पुग्दा नपुग्दै सरकारले नेकपा विप्लव समुहको ताप्लेजुङ जिल्ला सदस्य पक्राउ परेका छन् ।

गत फागुन २१ गते सरकार र विप्लव नेतृत्वको नेकपाबिच तीन बुँदे सहमति भएको थियो। त्यसको तेस्रो बुँदामा विप्लव नेतृत्वको पार्टीलाई लगाइएको प्रतिबन्ध हटाउने र कार्यकर्तालाई रिहा गर्ने तथा सबै मुद्दा खारेज गर्ने सहमति भएको थियो।

यद्यपि सहमतिको एक महिना वित्दा नवित्दै विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा बिहीबार राति सदरमुकामबाट सक्कल भन्ने सागर लिम्बुलाई पक्राउ गरेको हो ।

प्रहरीकाअनुसार अदालतले नै पक्राउ पुर्जी जारी गरिसकेको हुँदा पक्राउ गरेको हो ।

सम्बन्धित खबर