सिआइबीद्वारा खुंखार यौन दुराचारी पोखराबाट पक्राउ !

दियोपोस्ट संवाददाता

काठमाडौं, १७ चैत्र । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले बाल यौन दुराचार अभियोगमा अमेरिकन नागरिक माइकल नोरम्यान टेलरलाई पक्राउ गरेको छ । अमेरिका रहँदा देखि नै बाल यौना दुराचार गरेको अभियोग लागेका उनलाई सिआइबीले पोखरा उपमहानगरपापलिका वडा नम्बर १८ स्थित सेदीमा रहेको होमस्टेबाट पक्राउ गरेको हो ।

उनी सन् २०१८, २०१९, २०२१ मा तीन पटक नेपाल आएको देखिएको र सन् २०१९ मा तीन जना बालबालीकालाई बालयौन दुराचार गरेको आरोप लागेको थियो । अभिभावकहरुले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिएको आधारमा उनलाई मंगलबार सिआइबीले पक्राउ गरेको हो ।
उनले अमेरिकाबाटै सामाजिक सञ्जाल मार्फत नेपाली बालबालीकासँग यौन दुराचारको नियतले सम्पर्क गर्ने गरेको सिआइबीको अनुसन्धानमा खुलेको छ ।


सन् २०१९ मा नेपाल आएकै बेला उनीमाथि यौन दुराचारको अभियोग लागेको थियो । उनको साथबाट ४६ सय अमेरिकी डलर, डेल कम्पनिको एक थाल ल्यापटप, आइफोन सेभेन एक थान, आइफोन ११ एक थान, आइप्याड एक थान, पेनड्राइभ एकथान र पासपोर्ट एक थान बरामद भएको छ ।

सम्बन्धित खबर