अत्याधिक ठूलो भिड चढेपछि पशुपति भित्रको वागमती पुल भत्कियो

दियो पोस्ट  

काठमाडौं । पशुपतिनाथ क्षेत्र भित्र रहेको वागमती पुल भत्किएको छ । महाशिवारात्रिको अवसरमा आयोजित मेलामा आएका सर्वसाधरणको भिडभाडका कारण पुल भत्किएको हो । पुल भत्किएपछि २ जना घाईते भएका छन् ।

 

पशुपति मन्दिर परिसरभित्रको जीर्ण पुल मानिसहरूको भारले खसेको बताइएके छ । पुल भत्किएपछि केही मानिस बागमती नदिमा खसेका छन् । प्रहरीले यतिबेला उद्दार कार्य जारी राखेको छ ।