शिक्षिका बलात्कार गर्ने एमाले सांसद मोहन बानियाँलाई १० वर्ष कैद सजाय माग !

diyopost.com
दियो पोस्ट  सोमबार, चैत्र ०७, २०७८ | २३:१७:३१

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्व मन्त्री मोहन बानियाँ विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जुम्ला घर भएकी एक शिक्षिकाले सांसद बानिया विरुद्ध बलात्कार गरेको भन्दै जाहेरी दिएकी थिइन् । उनले नेपालगन्ज उपमहानगरपालिका २ स्थित होटल अप्सराको कोठा नम्बर २ सय १५ मा आफूमाथि सांसद बानियाले डर त्रास दिएर कण्डम प्रयोग गरि २ पटकसम्म बलात्कार गरेको अभियोग लगाएकी छिन् । सांसद बानियाँ विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गत चैत्र २ गते जिल्ला अदालत बाँकेमा जबरजस्ती करणीको मुद्दा दायर गरेको छ ।

पीडित महिलाले आफूले पाउनुपर्ने २५ लाख रुपैयाँ फिर्ता लिनकालागि होटलमा बोलाएर बलात्कार गरेको बयान दिएकी छिन् । सरकारी वकिल कार्यालयले बानियाँ विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९(१) विपरित दफा २१९ (२) बमोजिम जबरजस्ती करणीको कसुर गरेको भन्दै अपराध संहिताको दफा २१९ (३) (ङ) बमोजिम सजाय माग गरेको छ । उक्त दफा अनुसार १८ वर्षभन्दा उमेरकी महिलालाई बलात्कार गरे ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

 

सम्बन्धित खबर