छाँयादेवी कम्प्लेक्सले आइपिओ जारी गर्न नपाउने, अदालतको अवहेलना मुद्दामा कारबाही हुने संभावना

दियो पोस्ट  

काठमाडौं । कमलपोखरी हडपेर निर्माण भएको छायाँदेवि कम्प्लेसले आइपिओ निष्काशन गर्ने भएपछि त्यसको विरोधमा उजुरी परेको छ । छायाँदेवि कम्प्लेक्सले विभिन्न संचार माध्यम मार्फत आइपिओ निष्काशनको खबर प्रकाशन गराएपछि अभियान्ताहरुले धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।

छायाँदेवि कम्प्लेक्स निर्माण विरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधिन भएकै बेला आइपिओ निष्काशन गर्न लागिएको भन्दै अभियान्ताहरुले विरोध गरेका हुन् ।

‘छाँयादेवी कम्प्लेन्स प्रा.ली समेत विरुद्ध सर्वोच्च अदालतमा १२ थान मुद्दाहरु विचाराधिन रहेकै अवस्था छ । हाल सर्वोच्च अदालतमा विचाराधिनरहेको ती उल्लेखित मुद्दाहरुमा सर्वोच्च अदालतले पुनरावेदन दर्ता गरी मुद्दा चलाउने अनुमति आदेश अर्थात निस्सा आदेश जारी भई हालसम्म सार्वेच्च अदालतमा विचाराधिन रहेको व्यहोरा निवेदन गर्दछौँ,’ उजुरीमा भनिएको छ,‘अदालतमा विचाराधिन रहेको मुद्दामा प्रस्तुत कार्यले मुद्दाको विषयबस्तुमा असर पार्ने भएकाले सो काम गर्नु गैरकानुनी तथा अदालतको अपहेलनाको विषय वस्तु हुनेतर्फ सचेत गराउन चाहान्छौँ ।’

 

 

नेवारी सभ्यता थबहिलसँग जोडिएको कमलपोखरी ४३ जनाभन्दा बढी भूमाफियाको मिलेमतोमा हडपिएको थियो । अहिले सोही कमलपोखरी हडपेर पृथ्वीबहादुर पाण्डेले आफ्नी आमा छाँयादेवि पाण्डेको नाममा १५ तले महल बनाएका हुन् ।