‘प्रसाद-२’ प्रदर्शन नगर्न उच्च अदालत पाटनको आदेश

निर्माता बनाउँछु भन्दै सुवास थापामाथि ६२ लाख ठगीको आरोप

दियो पोस्ट  

काठमाडौं । उच्च अदालत पाटनले ‘प्रसाद–२’ फिल्मको प्रदर्शन रोकेको छ। मंगलबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले अल्पकालीन आदेश जारी गरेको प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन्।

इजलासले चैत २६ गते दुबै पक्षलाई छलफल गर्न बोलाएको हो। त्यतिञ्जेल यो फिल्म प्रदर्शन नगर्न आदेश भएको प्रवक्ता शाहीले बताइन्।

फिल्मको रिलिज रोक्ने अन्तरिम आदेशसँगै चलचित्र विकास बोर्डलाई सेन्सर पास गरिएको विषयमा समेत कारण देखाउ आदेश जारी गरेको छ। पाण्डेको पक्षबाट अधिवक्ता सरोज अधिकारी, श्यामकुमार विश्वकर्मा र अरुण पौडेलले बहस गरेका थिए।

‘प्रसाद–२’ शुक्रबार रिलिज हुने बताइएको थियो। तर आफूलाई निर्माता बनाउँछु भनेर ठगी गरेको भन्दै केशव पाण्डेले प्रसाद २ का निर्माता सुवास थापाविरूद्ध रिट हालेका हुन्। उनले पाटनमा सोमबार रिट दर्ता गराएका थिए।

थापाले निर्माता बनाउँछु भन्दै ६२ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ। उनीविरूद्ध पाण्डेले जिल्ला प्रहरी परिसर काठमाडौंमा गत फागुन २९ गते जाहेरी दिएका थिए। तर निर्माता थापा फरार छन्।

TATA ADD