बारा-२ मा उपेन्द्रको अग्रता कायमै, पच्छ्याउँदै जनमतका कुशवाह

दियोपोस्ट संवाददाता

काठमाडौं । बारा क्षेत्र नंबर २ का उम्मेदवार जसपा उपेन्द्र यादवले सुरुवाती अग्रता लिएका छन् । मत गणना सुरु भएसँगै उपेन्द्र यादवले ४५८ मत ल्याएका छन् । त्यस्तै उनलाई पच्छ्याउँदै जनमत पार्टीका शिवचन्द्र कुशवाहले ३६० मत ल्याएका छन् ।

एमालेका पुरुषोत्तम पौडेलले ३१७ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले १६९ मत प्राप्त गरेका छन् । त्यस्तै आम जनता पार्टीका अरुण कुमार ज्ञवाली ३१ मत प्राप्त गरेका छन् ।