बिस्का: जात्रा नजिकिदै गर्दा श्रीभैरवनाथको रथ निर्माण कार्य अन्तिम चरण (फोटोफिचर)

दियो पोस्ट डेस्क  

काठमाडौं । बिस्काः जात्रा नजिकिदै गर्दा श्रीभैरवनाथको रथ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

बिस्काः जात्राका लागि विधिअनुसार काठैकाठको प्यागोडा शैलीको करिब ३५ फिट अग्लो तीनतले श्रीभैरवनाथको रथ निर्माण गरिन्छ । यसपालिको बिस्कास् जात्रा यही चैत्र २७ गतेदेखि सुरु हुनेछ।