भक्तपुरको प्रसिद्ध बिस्का जात्रा आज बाट सुरु (तस्बिरहरु )

दियो पोस्ट डेस्क  

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज बाट सुरु भएको छ ।

भक्तपुर नगरको केन्द्रमा रहेको पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरु भएको हो ।

नव वर्षको आगमनसँगै सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्का जात्रा आठ रात नौ दिनसम्म धुमधामसाथ भक्तपुरमा मनाइन्छ ।