वातावरण प्रहरी सम्बन्धी तालिम सुरु (फोटोफिचर)

दियो पोस्ट डेस्क  

ललितपुर । ललितपुर महानगर र युसएड स्वच्छ हावाको सहकार्यमा आज देखि वातावरण प्रहरी सम्बन्धी तालिम सुरु गरेको छ ।

तालिमको समुदघाट्न गर्दै ललितपुर महानगरका नगर प्रमुख चिरिबाबु महर्जन नगर प्रहरी बल भन्दा फरक र महानगरको वातावरणको हकहितको लागि तयार रहन तालिममा सहभागी भएका नगर प्रहरी लाइ आग्रह गरेका हुन् ।

वातावरण प्रहरीको तालिम सुरुवाती चरणमा १५ जनालाइ दिइने र आवश्यक खण्डमा अझै थप गरेर लैजाने योजना रहेको ललितपुर महानगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुले जानकारी गराए । तिन दिन चल्ने तालिममा वातावरण सम्बन्धी विद्दमान एन कानुन, फोहोरमैला व्यसथापन, बोट विरुवा सरक्षण तथा व्यस्थापन विधि , वायु प्रदुषण चुनौती लगाएत समेटिने छ ।