आन्तरिक पर्यटन प्रवर्द्धन लागी बुलेट यात्रा

दियो पोस्ट डेस्क  

काठमाडौं । नँया बर्षको अवसर पारेर नेपाल बुलेट हाउसको आयोजनामा काठमाडौं रामेछाप रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल राइडको आयोजना भएको छ ।

आन्तरिक पर्यटन प्रवर्धन गर्ने भन्दै नेपाल बुलेट हाउस प्रा.ली.ले नेपालको प्रवर्द्धनका लागि उदयमान गन्तव्यहरूको टुह्हुवीलर राइड मार्फत दिगो पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले काठमाण्डौंदेखि रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिकामा रहेको चर्चित ताँवे डाँडासम्म बुलेट मोटरसाइकल यात्राको आयोजना गरेका हो ।

रोयल इनफिल्ड बाईकका राइडरहरुले नेपाल बुलेट हाउसको अगुवाईमा काठमाण्डौंदेखि ताँवे डाँडा, दोलखाको जिरी हुँदै काठमाण्डौं फर्कने कार्यक्रम रहेको छ । विभिन्न जाति, भाषा, धर्मको विषयमा निकै विवाद भइरहेको बेला हामीले पहिला नेपाली हुन सक्नुपर्ने भन्दै आपसी भाइचारा र पर्यटन प्रवर्द्धनका लागि टु ह्विलर यात्रा गरेको नेपाल बुलेट हाउसका अध्यक्ष रमेश कार्कीले बताए।

‘आन्तरिक पर्यटन प्रवद्र्धन गरौं’ राइड फर नेसन भन्ने नाराका साथ २२ वटा रोयल इन्फिल्ड मोटरसाइकलमा २७ जनाको सहभागीता रहेको कार्कीले बताए। चैत्र ३० गते काठमाण्डौबाट निस्केको राइडरहरुको टोलीले २०८१ बैशाक १ गते रामेछाप जिल्लाको गोकुलगंगा र उमाकुण्ड गाउँपालिका स्थिते चर्चित ताँवे डाँडामा बिषेश कार्यक्रमका साथ बन भोजको आयोजना रहेको अध्यक्ष कार्कीले बताए । उनि भन्छन् यस्ता किसिमका कायक्रमले आपसि भाइचारा कायम रहने र नेपालमा टु ह्विलर टुरीजमको बिकास हुने बताउछन् ।

काठमाडौंका बुलेट राइडर्सहरूले शुक्रबार काठमाडौं स्थित नेपाल बुलेट हाउसको कार्यालयबाट नेपालका फिल्मी जगतका स्टार निखिल उप्रेतिले राइडको सफलताको लागी शुभकामनाका साथमा बिदाइ गरेका छन् । सबै राइडरले नेपालको झन्डासहित निस्केका उनिहरु काठमाडौंबाट खुरकोट हुँदै रामेछापको ताँबे डाँडामा बिषेश कार्यक्रममा भाग लियर दोलखाको जिरीमा जिरी महोत्सवमा सामेल भएर बैषाक २ गते काठमाडौं फर्कने योजना रहेका अध्यक्ष रमेश कार्कीले बताए। नेपाल बुलेट हाउसको आयोजनामा यसअघि पनि आन्तरिक पर्यटन प्रवर्द्धनका लागी विभिन्न कार्यक्रमहरू भइसकेका छन् ।

सिफारिस