दियोपोस्टकर्मी विरुद्ध झापा अदालत पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन अन्तत ‘पराजित’

- दियोपोस्ट  

काठमाडौं । समाचार प्रकाशित गरेको भन्दै दियोपोस्ट डटकम विरुद्ध गाली बेइज्जती र अदालतको अवहेलना मुद्दा गर्न पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेन पराजित भएका छन् ।

अध्यक्ष लिङ्देनले झापाको ७८ वर्षिय एक बृद्धको जग्गा ठगी गरेको भन्दै दियोपोस्ट डटकमले समाचार प्रकाशन गरेको थियो । प्रकाशित समाचारको खण्डन समेत गरेका लिङ्देनले दियोपोस्ट डटकमका प्रकाशक सुदीप विश्वकर्मा र सम्पादक रीता बुढाथोकी विरुद्ध लिखित गाली बेइज्जती र अदालतको अवहेलना गरेको भन्दै जिल्ला अदालत झापामा मुद्दा दायर गरेका थिए ।
विगत दुई वर्षदेखि जिल्ला अदालत झापामा यो मुद्दा विचाराधिन अवस्थामा थियो । तर, आज सोमबार न्यायाधीश ईश्वरमणी ओझाको एकल ईजलाशले लिङद्नेले दाबी गरेजस्तो गाली बेइज्जती र अदालतको अवहेलना नगरेको ठहर गरेको हो । फैसला सोमबार भएपनि पूर्णपाठ आउन भने अझै केही समय लाग्नेछ ।

दियो मिडियाद्वारा प्रकाशित दियोपोस्ट डटकमको तर्फबाट अधिवक्ता माहन साशंकरले बहस गरेका थिए भने लिंङदेनको तर्फबाट अधिवक्ता भिम बरालले बहस गरेका थिए ।

मुलुकी अपराध संहिताको गालीबेइज्जती र अदालतको अवहेलना सम्बन्धी कानुनको उपयोग गरेर लिङ्देन संचार माध्यम विरुद्ध अदालत पुगेका थिए । तर, अदालतले भने उक्त कानुन अनुसार लिङदेनको दाबी नपुग्ने फैसला गरेको छ ।

Exclusive :: राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ७८ वर्षे बृद्धबाट जग्गा ‘ठगी’ गरेको खुलाशा !

राजेन्द्र लिङ्देन संलग्न ठगी प्रकरणमा राप्रपाको खण्डन : मानमर्दनमा नकारात्मक असर पर्यो