काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष राजेन्द्र लिङदेनले झापाको एक परिवारमाथि जग्गा ठगी गरेको विषयमा प्रकाशित समाचारको पार्टीले खण्डन गरेको छ ।
पार्टीका महामन्त्री धावल शम्शेर राणाद्वारा दियोपोस्ट डटकमको आधिकारीक इमेलमा प्रेसित खण्डनमा प्रकाशित समाचार झूटो रहेको दाबी गरिएको छ ।
गत पौष ११ गते दियोपोस्ट डटकममा ‘राप्रपा अध्यक्ष राजेन्द्र लिंङ्देनले ७८ वर्षे बृद्धबाट जग्गा ठगी गरेको खुलाशा’ शिर्षकमा समाचार प्रकाशन गरेको थियो । प्रकाशित समाचारमा लिंङदेनको भनाई समेत राखिएको थियो ।
‘सम्प्रेषण गरिएको समाचार झूटो भएको र उक्त समाचारले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बद्नाम गर्ने र मानमर्दनमा नकारात्मक प्रभाव परेको हुँदा समाचारको खण्डन प्रकाशित गरिदिनुहुन अनुरोध छ,’ प्रेसित खण्डनमा भनिएको छ ।
लिङ्देनले समाचार झूटो रहेको दाबी गरेपनि पीडितसँगको बयान, उपलब्ध कागजातसहितको प्रमाणको भनेउनले तथ्य सहित खण्डन गरेका छैनन् । पत्रचार आचारसंहितामा कुनै पनि विषयमा प्रकाशित समाचार चित्त नबुझे तथ्य र प्रमाणसहित खण्डन गर्नुपर्ने उल्लेख छ ।