कुसुम वि.क
बर्दिया,२७ चैत्र । ‘सर्वाङगीण विकासको आधारशिला, हाम्रो साक्षर बर्दिया जिल्ला’ भन्ने मूल नाराका साथ शनिबार बर्दिया जिल्लालाई पूर्ण साक्षर घोषण गरिने भएको छ । तराईको दोस्रो सक्षर जिल्लाको रुपमा बर्दिया जिल्लालाई घोषणा गर्न लागिएको हो । घोषणाका लागि शिक्षा मन्त्री गिरिराजमणी पोखरेल आउने काक्रम आउने भएका छन् ।
साक्षर जिल्लाको रुपमा घोषणा हुनको लागि करिव ९५ प्रतिशत साक्षर भएको हुनुपर्दछ । बर्दियामा साक्षर प्रतिशत ९६.४१ प्रतिशत पुगेको बताईएकोछ । बाँकी ४ प्रतिशतलाई पनि एक वर्ष भित्रै साक्षर बनाइने जिल्ला शिक्षा कार्यालय बर्दियाका प्रमुख जित बहादुर शाहले बताए । बर्दिया जिल्लामा ४ लाख ७० हजार ६ सय ८९ जना जनसंख्या रहेका छन् ।
जसमा १५ देखि ६० वर्षको जनसडख्या ३ लाख ३५ हजार ९ सय १६ जना रहेको छ । त्यस्तै १५ देखि ६० वर्ष उमेरका साक्षर संडख्या ३ लाख २३ हजार ८ सय ५८ जना रहेको छ । बाँकी १२ हजारको हाराहारीमा निराक्षर रहेको बताइएको छ ।