धादिङमा माधव नेपाल पक्षधर पत्रकार राजाराम शर्मा महासंघ अध्यक्षमा बिजयी

धादिङमा माधव नेपाल पक्षधर पत्रकार राजाराम शर्मा महासंघ अध्यक्षमा बिजयी

धादिङ चैत्र २६ । नेपाल पत्रकार महासंघ धादिङमा नेकपा एमाले माधव नेपाल पक्षधर पत्रकार राजाराम शर्माको नेतृत्व विजयी भएको छ ।


शुरुमा उनी विरुद्ध ओली पक्षीय पत्रकार सिताराम अधिकारीले उम्मेदवारी दिने तयारी गरेका थिए । अन्तिममा दुवै चौतारीले संयुक्त प्यानल बनाउने सहमति गरेका थिए ।


शर्माले माओवादी निकट प्रेस संगठन र नयाँ शक्ति निकट प्रेस मञ्चलाई समेत आफ्नै गठबन्धनमा ल्याएका थिए ।


कुल मतदान भएको १४१ मध्य १०३ मत ल्याउँदै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी प्रेस युनियनका पोषनाथ अधिकारीले ३७ भोट ल्याए ।

Trending News