प्रधानमन्त्रीको हातबाट बालुवाटार जग्गाकाण्डका अभियुक्त मिन बहादुर गुरुङलाई अवार्ड !

दियोपोस्ट संवाददाता


काठमाडौं, २७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितानिवास जग्गा घोटाला प्रकरणमा प्रमुख नायक मानिएका मीनबहादुर गुरुङलाई बिहीबार एक समारोहबीच सम्मान प्रदान गरेका छन् ।
विहिबार होटल सोल्टीमा आयोजित नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिक साधारण सभामा प्रधानमन्त्री ओलीले अभियुक्त गुरुङलाई जुद्ध बहादुर श्रेष्ठ मेमोरियल अवार्डबाट सम्मानित गरेका हुन् ।


ललिता निवासको सरकारी जग्गा किनबेच गर्दै आएका गुरुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । पूर्व सचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित उच्चस्तरिय छानबीन समितिले गुरुङलाई भूमाफिया भनेर किटान गरेको थियो ।
गुरुङ भाटभटेनी सुपरमार्केटका मालिक समेत हुन् ।

चेम्बरले विभिन्न विधामा उल्लेखनीय कार्य गरेबापत उद्यमी व्यवसायीहरुलाई प्रधानमन्त्री ओलीको हातबाट सम्मानपत्र तथा कदरपत्र प्रदान गरेको हो । कार्यक्रममा चेम्बर अफ कमर्समा निरन्तर २५ वर्षदेखि आबद्ध कार्यसमिति सदस्य राष्ट्रभूषण चाकुबाजीलाई कदरपत्र प्रदान गरिएको थियो ।

यस्तै कोभिड १९ महामारीमा नेपाल चेम्बरअन्तर्गत गठित कोभिड राहत समितिका संयोजक चेम्बर उपाध्यक्ष दीपक कुमार मल्होत्रा पनि सम्मानित भएका छन् ।

सम्बन्धित खबर