नेपाली सेनाको व्यापार मोह : महांकालको शैनिक अस्पताल बन्यो श्रीजयन्ती ट्रेड सेन्टर !

दियो पोस्ट  

काठमाडौं, २९ चैत्र । अन्य मुलुकहरुमा शैनिक मुख्यालय भवन राजधानी भन्दा बाहिर निर्माण हुने गरेको छ । तर, नेपाली सेनाले सबैभन्दा धेरै जनसंख्या भएको नेपालको राजधानी काठमाडौं शहरको मध्यभागमा मुख्यालय निर्माण गरेको छ । सुरक्षा क्षेत्रका विज्ञहरुका अनुसार शैनिक मुख्यालय मध्य सहरमा बनाउदा सहरका जनता सबैभन्दा बढी जोखिममा हुन्छन किनकी दुश्मनले हमला गर्दा जहिल्यै शैनिक मुख्यालयलाई निशाना बनाउँछन् ।


मुख्य शहरमै मुख्यालय बनाएर राजधानीलाई शैनिक परेडस्थल बनाएको सेनाले मुख्यालयबाट केही सय मिटर पर व्यापारीक भवनबाट व्यापार शुरु गरेको छ ।


महांकालस्थ्ति ऐतिहासिक त्रिचन्द्र सैनिक अस्पताललाई मासेर नेपाली सेनाले बनाएको व्यापारिक भवन यतिबेला एक व्यक्तिलाई भाडामा दिइएको पाइएको छ ।

उच्च राजनीतिक पहुँच भएका खगेन्द्र बुढा मगरद्वारा सञ्चालित श्रीजयन्ती निर्माण सेवा नामक कम्पनिलाई सेनाले १५ वर्षका लागि भाडामा दिएको हो । सेनाको यो भवन अब श्री जयन्ती ट्रेड सेन्टरको रुपमा परिणत भएको छ । भवनको ८६ प्रतिशत भाग प्रयोग गर्ने गरि मासिक ४ करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँ तिनेृ गरि श्रीजयन्ती समुहलाई यो भवन ठेक्कामा दिइएको हो ।

सैनिक अस्पताललाई श्रीजयन्ती ट्रेड सेन्टरको रुपमा प्रचार गर्न थालिएको छ । भवनको कुल क्षेत्रफल तीन लाख ३० हजार वर्गफिट रहेकोमा ८५ हजार वर्गफिट भवनको भाग भाडामा लगाएको हो । वार्षिक ५० करोड भाडामा यो भवन श्रीजयन्तीलाई दिइएको हो ।


भवनको ८६ प्रतिशत भाग भाडामा लिएपनि श्रीजयन्तीले पुरै भवन बुकिङका लागि खुला गरेको छ । महांकालको यो भवन निर्माण तथा अस्पताल पुनः सञ्चालनमा ल्याउनका लागि एक अर्ब ६० करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । तर अस्पताल सञ्चालन नगरी राज्यको डेढ अर्बभन्दा बढी सकिएको छ ।

सिफारिस