आज कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिने

दियोपोस्ट संवाददाता

काठमाडौँ, ३ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन् ।

एमालेले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् ।

समर्थन फिर्तासहित एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि कर्णालीका मुख्यमन्त्री शाही अहिले अल्पमतमा परेका छन् । आज शुक्रबार दिउँसो बस्ने प्रदेश सभाको बैठकमा शाहीले विश्वासको मत माग्ने भएका छन् ।

३९ सदस्यीय प्रदेशसभामा माओवादीका १२, एमालेका २०, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् । वर्तमान सरकारको निरन्तरताका लागि मुख्यमन्त्रीलाई २० जना सांसदको समर्थन आवश्यक पर्छ । यो अवस्थामा एमालेका सांसदको मत पाएमात्रै मुख्यमन्त्री जोगिने छन् ।

माओवादीकी संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले बिहीबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री शाहीको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दललाई अपिल गरेकी हुन् ।

सम्बन्धित खबर