
काठमाडौं, ३ बैशाख । धादिङको गंगाजमुना गाउँपालिका ५ फूलखर्क निवासी एक युवा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा २८ वर्षिय राज गदेल रहेका छन् ।
श्रीमती मनिता विकका अनुसार गत फागुन ८ गतेदेखि राज बेपत्ता छन् । श्रीमती मनिताका अनुसार बुटवलमा काम गर्न भन्दै गएका गत फागुनमा घरबाट निस्केका उनी हालसम्म पनि फेला पर्न सकेका छैनन् ।
आफ्नो श्रीमानको खोजी गरिपाउँ भन्दै उनले जिल्ला प्रहरी कार्यालय धादिङमा निवेदन समेत दिएकी छिन् । प्रहरीलाई एकमहिना अघि नै निवेदन र जाहेरी दिएपनि हालसम्म फेला नपरेका सञ्चार माध्यमलाई खबर गरेको उनदो दाबी छ ।
बेपत्ता भएका राजको २ वटा छोराहरु रहेको पारिवारिक सदस्यले जानकारी दिए ।