
काठमाडौं, ३ बैशाख । अन्तत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको पद जोगिएको छ ।
एमालेकै ४ जना सांसदले मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले शुक्रवार प्रदेश सभा वैठकमा लिन चाहेको विश्वासको मतमा फोलर् क्रस गरेर मतदान गरेपछि मुख्यमन्त्री शाहीको पद जोगिएको हो ।
फ्लोर क्रस गर्नेमा प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापा छन्।
मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिनका लागि २० सांसदको आवश्यक थियो ।
तर माधव नेपाल पक्षका सांसदहरुले फलोर क्रस गरेर उनलाई साथ दिएपछि मुख्यमन्त्री शाहीको पक्षमा २२ सांसद पुगेका छन् ।
काग्रेसले पनि मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेको थियो । प्रदेश सभामा माओवादीका १२, काग्रेसका ६ सांसद थिए ।
एमालेको सभामुख सहित २० मत रहेको थियो । १ सिट रहेको राप्रपाले भने तटस्थताको नीति लिएको थियो ।