वैशाख ११ देखि धादिङमा सिङ्ला महोत्सव : नजिकबाट हिमाल हेर्न अवसर

वैशाख ११ देखि धादिङमा सिङ्ला महोत्सव : नजिकबाट हिमाल हेर्न अवसर

धादिङ ५ वैशाख । धादिङ, नुवाकोट र रसुवाको संगमस्थल पर्ने सिंङ्ला क्षेत्रमा पर्यटन महोत्सव हुने भएको छ ।
समुन्द्रि सतहदेखि ४ हजार २ सय मिटर उचाइमा रहेको यो क्षेत्र प्राकृतिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।
यही वैशाख ११ गतेबाट सिङ्ला पर्यटन महोत्सवको आयोजना गरिएको सिङ्ला पर्यटन क्षेत्र विकास समाज धादिङका कोषाध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक दिनेश तामाङले जानकारी दिए ।

उनका अनुसार वैशाख ११ गतेबाट सुरु हुने महोत्सव १६ गतेसम्म सञ्चालन हुनेछ । सिङ्लाबाट २७० देखि ३६० डिग्रीमा हिमालय दृष्यहरु अवलोकन गर्न सकिनेछ । प्राकृतिक दृष्यले भरिपूर्ण सिङ्ला महोत्सव स्थलसम्म पुग्नका लागि धादिङबेसीबाट रुविभ्यालीको बोराङ, आर्वाङ हुदै पुग्न सकिन्छ । नुवाकोटबाट भाल्चे हुंदै र रसुवाबाट गत्लाङको रुट प्रयोग गर्न सकिने तामाङको भनाई छ ।

महोत्सवको मुख्य आकर्षणका रुपमा म्हेन्दोमाया प्रतियोगिता, तामाङ, घले र गुरुङ जातिको पुराना कला संस्कृतिको प्रदर्शन, साईखोले, माने नाँच , पारु नाँच, लामा नाँच , झांक्री नाँच, गुरुङ जातीको रोधी, घाटु र मारुनी नाँच, म्याराथुन, रुबी ढुङ्गाको प्रर्दशनी, विभिन्न जडिबुटीहरुको प्रदर्शनी रहेको आयोजकले जनाएका छन् ।

Trending News