गृहमन्त्री राम बहादुर थापाको सांसद पद खारेज

गृहमन्त्री राम बहादुर थापाको सांसद पद खारेज

काठमाडौँ, ५ वैशाख । गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट मुक्त भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट थापा चयन भएका थिए ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले उनलाई राष्ट्रियसभा सदस्यबाट मुक्त गरिएको हो ।

राष्ट्रियसभामा केन्द्रका सचेतक दीनानाथ शर्माले थापालाई राष्ट्रियसभा सदस्यबाट मुक्त गर्न गत चैत २७ गते लिखितपत्र पेश गरेका थिए ।

सोहि बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले त्यसलाई आज स्वीकृत गरेका हुन् ।

साथै राजनीतिक दलसम्बन्धी ऐनअनुसार थापाको सदस्य पद समेत रिक्त भएको संसद् सचिवालयले जनाएको छ ।

Trending News