लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता !

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता !

काठमाडौं । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले प्रदेससभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । पोखरेललाई अविश्वास प्रस्ताव दर्ता गर्नेहरुले मुख्यमन्त्रीमा कुल प्रसाद केसी सोनामलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरेका छन् ।

अविश्वास प्रस्तावमा ४१ सांसदले हस्ताक्षर गरेका छन् । जसमा नेपाली कांग्रेसका १९, माओवादीका १७ र जसपाका ५ जना छन् । कर्णाली प्रदेशमा जस्तै लुन्बिनी प्रदेशमा पनि नेकपा एमालेका माधव नेपाल पक्षिय सांसदहरुले फ्लोर क्रस गर्ने संभावना रहेको स्रोतले बतायो ।

Trending News