माधव नेपालसहित ८ जनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

माधव नेपालसहित ८ जनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौँ,६ बेशाख । नेकपा एमालेले कर्णालीमा फ्लोर क्रस गर्ने र गराउनेसहित ८ जनालाई कारवाही गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले फ्लोर क्रसमा संलग्नलाई अन्तिम चेतावनी सहितको स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

बैठकले माधव कुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, प्रकाश ज्वाला लगायतका नेताहरुलाई स्पष्टीकरण सोध्ने र चित्त बुझ्दो जवाफ नआए आगामी १० बैशाखमा बस्ने अर्को बैठकले कारवाही गर्ने चेतावनी दिएको छ ।

पार्टीको अनुशासन विपरितको काम गरेको र गराएको कारण गर्ने र गराउने दुबै जनालाई कारवाहीको तयारी गरिएको एक सदस्यले बताए ।

एमालेका माधव कुमार नेपाल समूहका सांसदहरुले कर्णाली प्रदेशमा पार्टीको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा मतदान गरेको थियो । फ्लोर क्रस गरेपछि प्रदेश कमिटीले नन्दसिंह बुढा, कुर्मराज शाही र अमर थापालाई पार्टीको साधारण सदस्यबाट निकालिसकेको छ ।

पुनः स्पष्टीकरण सोधिन लागिएका माधव नेपालसहित चार जना नेताहरु यसअघि नै एमालेको साधारण सदस्यबाट निस्कासन गरिसकेको छ ।

Trending News