विज्ञापन व्यावसायीबाट ५ हजार कर उठाउन विज्ञापन बोर्डको सार्वजनिक सुचना !

विज्ञापन व्यावसायीबाट ५ हजार कर उठाउन विज्ञापन बोर्डको सार्वजनिक सुचना !

काठमाडौं, ७ वैशाख । विज्ञापन व्यावसायीहरुले राज्यको अर्को निकायलाई समेत कर बुझाउनुपर्ने भार थपिएको छ । केही महिनाअघि गठित विज्ञापन बोर्डले विज्ञापन व्यावसायीहरुलाई सचिकरण बापत प्रति कम्पति ५ हजार रुपैयाँ उठाउने नीति लिएको हो ।


बोर्डले आज सुचना जारी गर्दै सुचिकरणमा आउन र ५ हजार रुपैयाँ शुल्क बुझाउन उर्दी गरेको छ । सरकारले गत चैत्र २० गते बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको थियो ।

अध्यक्ष नियुक्त भएका हुमागाईंले पहिलो सुचना सार्वजनिक गरेका हुन् । बोर्ड गठन भएसँगै विज्ञापन बजारबाट आफूलाई पनि लाभ हुने अपेक्षा सञ्चार माध्यमले गरेका छन् ।

Trending News