२४ घण्टामा १,७३६ कोरोना संक्रमित, ११ को मृत्यु

२४ घण्टामा १,७३६ कोरोना संक्रमित, ११ को मृत्यु

काठमाडौं, ७ बैशाख । बितेको २४ घण्टामा नेपालभर १ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार ५५ नमूनाको पिसिआर परीक्षण र ६ सय ८३ जनाको एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो ।

मंगलबारको संख्या थप भएसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार ५ सय ६७ पुगेको मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा नै कोरोनामुक्त हुनेको संख्या २ सय ५१ छ । यो सँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७५ हजार ८ सय ६ पुगेको मन्त्रालयले सार्वजनिक गरेको छ । पछिल्लो २४ घण्टामा नेपालभर कोरोनाबाट ११ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय २ जना पुगेको छ।

Trending News