काठमाडौं, ७ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीच भेटवार्ता सकिएको छ । दुई नेताबीचको टकराबले पार्टी फूटको डिलमा पुगेपछि केहीबेरअघि राजधानीको नागपोखरीस्थीत होटल मेरियटमा भेटवार्ता भएको थियो ।
वार्ता सकिएपछि दुवै नेता होटलबाट बाहिरिएका छन् । तर, दुवैले वार्तामा भएको कुराकानीका विषयमा पत्रकारलाई प्रतिक्रिया दिन मानेनन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली आफ्नो गुट बाहिरका नेतालाई कारबाही र निलम्बनको श्रङ्खला चलाएका छन् ।