कोरोना सङ्क्रमणको कारण चितवनमा एक महिलाको मृत्यु

दियोपोस्ट संवाददाता

चितवन,१० बैशाख । कोरोना भाइरस का कारण एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ३९ वर्षीया महिला रहेको अस्पतालले जानकारी दिएको छ। निमोनियाको समस्याका कारण वैशाख ७ गते पुरानो मेडिकल कलेजमा भर्ना भएकी उनको उपचारका क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो ।

अस्पताल भर्ना भएकी उनमा वैशाख ९ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो । कोभिड सङ्क्रमण पुष्टि भएसँगै उनी चितवन मेडिकल कलेजको कोभिड उपचार कक्षमा भर्ना भएकी थिइन् । रासस

सम्बन्धित खबर

सिफारिस