कोभिड–संक्रमित पूर्वराजा ज्ञानेन्द दम्पती अस्पताल भर्ना

दियो पोस्ट  

काठमाडौं, ११ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती शनिबार दिउँसो अस्पताल भर्ना भएका छन् ।

वैशाख ७ गते पूर्वराजा दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतको हरिद्वार भ्रमणबाट फर्किएपछि कोरोना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको थियो ।

कोभिड–संक्रमण भइ निर्मल निवासस्थित आइसोलेशनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।

सिफारिस