तत्काल देशभरी लकडाउन हुँदैन — परराष्ट्रमन्त्री ज्ञवाली

दियो पोस्ट  

काठमाडौं, १२ बैशाख। तत्काल देशभरी लकडाउन नहुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

आज बालुवाटारमा बसेको नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठकका छलफलबारे जानकारी दिँदै पार्टी प्रवक्ता समेत रहेका मन्त्री ज्ञवालीले कोरोनाले असर गरेका निश्चित ठाउँहरुलाई मात्र स्थानीय रुपमा लकडाउन गर्न सकिने बताएका हुन् ।

‘लकडाउनले एकछिनलाई कोभिडको चेन ब्रेक गर्छ तर अलिकति पुस गर्ने मात्र हो । आफैंमा समाधान होइन,’ उनले भने ।

कोरोनाबाट थलिएको अर्थतन्त्र भर्खरै तङ्ग्रिन लागेकाले पनि तत्काल देशभरी लकडाउन गर्दा अर्थतन्त्रमा पर्न सक्ने जोखिमलाई ख्याल गर्दै लकडाउनबारे तयारी नरहेको उनको भनाई छ ।

बैठकमा अस्पतालमा आवश्यक पूर्वाधारहरुको यथोचित व्यवस्थापन गर्ने र पार्टी पङ्तीलाई कोरोना नियन्त्रणमा परिचालन गर्नेबारे छलफल भएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

सिफारिस