काठमाडौं १२ वैशाख । सरकारले सबै तहका पूर्वनिर्धारित परिक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले पूर्वनिर्धारित परिक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
कोरोनाभाइरसको बढ्दो संक्रमणका कारण देशभरका शिक्षालयमा तय भएका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय भएको हो ।
‘देशभरका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थिति नभई भर्चुअल र बैकल्पिक माध्यमबाट मात्र पठनपाठन जारी राख्ने र भौतिक उपस्थितिमा हुने पूर्वनिर्धारित सबै प्रकारका परिक्षाहरु अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको ब्यहोरा सम्बन्धित सबै विज्ञप्ति जारी गरिएको छ’ सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
