उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा,यातायात पनि बन्द

उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा,यातायात पनि बन्द

काठमाडौं, १३ वैशाख । काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्ने भएको छ ।

सोमबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले खाद्यपदार्थ र औषधि पसलबाहेकका अरु पसल बन्द गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

आइतबार कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा गर्न सुझाव दिएको थियो ।

तर मंगलबार वैशाख १४ गतेदेखि नै निषेधाज्ञा लगाउने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

सार्वजनिक र निजी यातायात भने वैशाख १६ गतेदेखि बन्द हुनेछन् । होटल तथा रेष्टुरेन्टले पनि टेक अवे सेवा मात्र दिन पाउनेछन् ।

Trending News