त्रिभुवन विश्वविद्यालयको पूर्वनिर्धारित सबै परिक्षा स्थगित गर्ने निर्णय

दियोपोस्ट संवाददाता

काठमाडौँ, १३ बैशाख । त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सबै परिक्षा रोक्ने निर्णय गरेको छ ।

सोमबार बसेको त्रिवि केन्द्रीय परिक्षा संचालक समितिको बैठकबाट अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण परिक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

आइतबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयलाई कार्यान्वयन गर्दै त्रिविले हाल जारी रहेका र आगामी दिनका लागि तय भएका सम्पूर्ण परिक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

देशका विभिन्न स्थानहरुमा भएका निषेधाज्ञा जारी भएकाले यथास्थितिमा परिक्षा संचालन गर्न नसकिने व्यहोरा उल्लिखित सूचना जारी गर्दै त्रिविले परिक्षा स्थगित भएको जानकारी गराएको छ ।

सम्बन्धित खबर